Tuesday, May 20, 2025
Homeराजनीति‘सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको छ’ :जनार्दन शर्मा

‘सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको छ’ :जनार्दन शर्मा

त्रिवेणी (रुकुमपश्चिम): नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो बनाएको आरोप लगाउनुभएको छ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले राजनीतिक दलहरू सत्ता प्राप्तिमा मात्र केन्द्रित हुँदा सुशासनका बाटा कमजोर हुँदै गएको बताउनुभयो।

“सरकारमा जानेहरूले सुशासनमा काम गर्नुको सट्टा व्यक्तिगत स्वार्थमा केन्द्रित काम गर्न थालेका छन्, जसका कारण जनतामा असन्तुष्टि बढ्दै गएको छ,” उहाँले भन्नुभयो।

शिक्षकहरूको आन्दोलनलाई उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रमा सुधार आवश्यक भएको र शिक्षकका जायज माग पूरा गर्न सरकारलाई पार्टीले निरन्तर ध्यानाकर्षण गराउँदै आएको जानकारी दिनुभयो। उहाँले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सुधार गरेर देशको आन्तरिक स्रोत साधनको उपयोगमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

फरक प्रसङ्गमा बोल्दै सांसद शर्माले केही व्यक्ति र दलहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अफवाह फैलाउँदै निरङ्कुशता फर्काउने प्रयत्नमा लागेको भन्दै त्यसप्रति सचेत रहन सबैमा आग्रह गर्नुभयो।

“कराउनेहरू कराइरहेका छन्, तर नयाँ–पुराना सबै दलहरूले अब आफैँलाई रूपान्तरण गर्नुपर्छ, जनताप्रति समर्पित भएर जनताको पक्षमा काम गर्नुपर्छ,” शर्माले भन्नुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका