काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यसूची तय गरिएको छ।
प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन्।
त्यसपछि बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइने संसद् सचिवालयले जनाएको छ।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ डा. स्वर्णिम वाग्ले ले दिने कार्यसूची रहेको छ।