Monday, January 20, 2025
Homeमुख्य समाचारसंसद विघटनविरुद्ध कानुनी उपचार खोज्ने विपक्षीको तयारी

संसद विघटनविरुद्ध कानुनी उपचार खोज्ने विपक्षीको तयारी

८ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले संसद् विघटन विरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेका छन् । त्यसबारे छलफल गर्न गठबन्धनमा आबद्ध दलका नेताहरुको संयुक्त बैठक

शनिबार बस्दैछ ।

बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा संसद विघटनको निर्णय विरुद्ध चाल्ने कदम बारे छलफल हुनेछ ।

गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाकी नेतृ एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भनिन् ‘बैठकमा कानुनी उपचार खोज्ने विषयमा केन्द्रीत रहेर छलफल गर्ने तयारी छ ।’

शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर सहित वैकल्पिक प्रधानमन्त्रीको रूपमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्यराति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी छन् । यसअघि पनि गत पुष ५ गते पनि संसद विघटन गरिएको थियो । तर सर्वोच्चले फागुन ११ गतेको फैसलाबाट त्यसलाई उल्टाइदिएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका