काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि असाधारण जनमतका साथ फेरि सरकारमा आउने दावी गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
‘म झ्यालबाट होइन मूल ढोकाबाट फेरि आउनेछ, फेरि सुनिराखे हुन्छ,’ असाधारण जनमतका साथ फेरि पनि मूल ढोकाबाट प्रवेश गरिन्छ,’उनले भने। उनले आफू प्रधानमन्त्री हुन जन्मिएको नभइ काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए। ‘म झ्यालबाट होइन मूल ढोकाबाट फेरि आउनेछ, फेरि सुनिराखे हुन्छ,’ असाधारण जनमतका साथ फेरि पनि मूल ढोकाबाट प्रवेश गरिन्छ,’उनले भने। उनले आफू प्रधानमन्त्री हुन जन्मिएको नभइ काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए।
‘ ६४ वर्षको उमेरसम्म त प्रधानमन्त्री थिइनँ, भइयो। मैले त्यसबेला भनेको थिएँ म झ्यालबाट होइन, जस्केलाबाट होइन, छिडिँबाट होइन, भेन्टिलेसनबाट होइन । म मुल ढोकाबाट, मूल बाटो, मूल गेटबाट आउनेछु, फेरिपनि सुनिराख्नु भएहुन्छ ।’ उनले भने, ‘पहिलेपनि मैले भनेको थिएँ। फेरि पनि सुनिराख्नु भएहुन्छ, असाधारण जनमत साथ फेरिपनि, मूल बाटो, मूल गेट, मुल ढोकाबाट प्रवेश गर्नेछु।’असाधारण जनमत साथ फेरिपनि, मूल बाटो, मूल गेट, मुल ढोकाबाट प्रवेश गर्नेछु।
उनले आफूमाथि निकै प्रहार भएको समेत बताए। ‘ममाथि निकै प्रहार गरेको देखियो। भइराखेको छ। मलाई त्यसमा चिन्ता छैन,’ उनले भने। उनले आफू समृद्धि नेपाली, सुखी नेपाली राष्ट्रिय आकांक्षा बोकेर हिँडेको भन्दै यस्ता सानातिना गालीगलौचले केही फरक नपर्ने बताए। ‘समृद्धि नेपाली, सुखी नेपाली राष्ट्रिय आकांक्षा त्यो के । त्यस उदेश्यलाई प्राप्त गर्न त्यस गन्तव्य तर्फको यात्रामा हिँडेको म। नेपाललाई समृद्ध बनाउने, नेपालीलाई सुखी बनाउने उदेश्य बोकेर गन्तव्यमा हिँडेको मान्छे, यस्ता सानातिना गालीगलौचले मलाई खासै फरक पर्दैन। म आफ्नो उदेश्यमा केन्द्रित छु।’
उनले उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको नियुक्त पारदर्शीताबाट गर्ने आफ्ना नीति रहेको बताए। उनले आफूलाई मात्रै नभइ आफूसँग साथमा रहेका साथीहरुलाई पनि यस्तो नीति अबलम्बन गर्न सल्लाह दिएको बताए। उनले भने,’ यसले कसैको लाभ र कसैको इच्छामा धक्का अवश्य पुर्यायो। केही व्यक्तिहरुका इच्छामा मेरा नीतिहरुले जो मैले गलत कुरासँग सम्झौता गरिन् त्यसले तुषारापात पनि भयो होला। ‘
उनले देउवालाई संकेत गर्दै आफूलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री नबनाएको धारणा राखे। उनले भने,‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन। मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो।’ उनले नेपाली जनताको विश्वासको मतले आफू प्रधानमन्त्री बनेको जिकिर गरे।


