काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्।
प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान गर्ने भएपछि उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा सहभागिता जनाएर प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।


