Sunday, June 7, 2026
Homeअपराध र घटनासंखुवासभा घटना : घटनास्थलमा प्रहरी, दुई बच्चासहित ६ को हत्या

संखुवासभा घटना : घटनास्थलमा प्रहरी, दुई बच्चासहित ६ को हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई जानकारी दिए ।

केहीबेर अघि प्रहरी घटनास्थलमा पुगेको र आफूसहितको टोलीपछि घटनास्थल जाँदै गरेको उनले बताए । घटनास्थल चैनपुरबाट करिब ५० किलोमिटर पूर्व रहेको बताइएको छ ।  जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले रातोपाटीलाई जानकारी दिए ।

अज्ञात समूहबाट शेरबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी र बच्चा दुई जना गरी छ जनाको हत्या भएको छ । घरेलु हतियार प्रहार गरेर सबैको हत्या भएको शवको प्रकृति हेर्दा पाइएको डीएसपी सुवेदीले बताए ।
घटना गएराति नै भएको आशंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका