Saturday, May 2, 2026
HomeNRN चुनाव बिशेषशेष घलेलाई कोरोना संक्रमण, घर्कियो एनआरएनए भित्रको विवाद सुल्झाउने समय तालिका

शेष घलेलाई कोरोना संक्रमण, घर्कियो एनआरएनए भित्रको विवाद सुल्झाउने समय तालिका

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको १० अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २८ भित्र हुने निश्चित भएको बताएका छन् । संघका प्रवक्ता डिबी क्षेत्रीले अध्यक्ष पन्तको भनाई उदृत गर्दै सो कुराको जानकारी दिएका हुन् ।  शनिबार सामाजिक सञ्जालमार्फत प्रवक्ता क्षेत्रीले महाधिवेशन प्रतिनिधिका सम्बन्धमा निकास दिन बनेको उच्चस्तरीय समितिको बैठक त्यसका संयोजक डा.शेष घले अस्वस्थ भएका कारण बस्न नसकेको समेत जानकारी दिएका छन् ।

संघको अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा निकास दिनका लागि प्रमुख संरक्षक डा.शेष घलेको संयोजनमा ७ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले प्रतिनिधिका सम्बन्धमा आज निर्णय दिने समय तालिका घोषणा गरेपनि संयोजक घले कोरोना संक्रमित भएपछि बैठक बस्न नसकेको क्षेत्रीले बताएका छन् ।

प्रवक्ता क्षेत्रीले भनेका छन् : ‘संयोजक डा.शेष घलेज्यू कोरोनाबाट सङ्क्रमित हुनु भएकोले समितिको बैठक बस्न नसकेको कुरा अध्यक्ष कुमार पन्तज्यूबाट जानकारी प्राप्त भएको छ । समितिले यथाशिघ्र निकास दिने र फेब्रुअरी २८ भित्र निर्वाचन हुने निश्चित भएको समेत अध्यक्ष पन्तले आश्वासन दिनुभएको छ ।’ प्रतिनिधि विवादका कारण संघको अन्तर्राष्ट्रिय महाधिवेशन पटक पटक स्थगित हुँदै आएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका