Sunday, November 8, 2026
Homeसामाचारनीति र बजेटको ढिलाइमा भित्रिएको फाटो: काठमाडौं महानगरमा शक्ति संघर्ष सार्वजनिक

नीति र बजेटको ढिलाइमा भित्रिएको फाटो: काठमाडौं महानगरमा शक्ति संघर्ष सार्वजनिक

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तोकिएको म्यादभित्र ल्याउन नसक्दा नगरभित्रको आन्तरिक असमझदारी र नेतृत्वबीचको शक्ति संघर्ष सतहमा आएको छ। कानुनअनुसार असार १५ गतेभित्र नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भए पनि महानगरले दुई साता ढिलो गर्दै आइतबार मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

१७औँ नगर सभामा मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपमेयर सुनिता डङ्गोलले बजेट पेस गरिन्। तर सभाको दृश्यले महानगरमा सहकार्यको कमी र बढ्दो ध्रुवीकरणलाई उजागर गर्‍यो।

सभाका क्रममा मेयर शाहले आफ्नो सम्बोधनमा उपमेयर डङ्गोललाई मात्र सम्बोधन गरे तर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बेवास्ता गरे। स्रोतका अनुसार, मेयर र प्रशासकीय प्रमुखबीच पछिल्लो समय मतभेद गहिरिँदै गएको छ, जसले नीति तथा कार्यक्रम निर्माणमा समेत ढिलाइ गराएको बताइएको छ।

यस वर्ष प्रस्तुत कार्यक्रम र बजेटमा मेयरको एकल निर्णय देखिएको विश्लेषण गरिएको छ। कार्यक्रमहरू केही मौलिक र नविनतम भए पनि प्रशासनिक समन्वय कमजोर देखिएको छ। यद्यपि, उपमेयर डङ्गोलले प्रस्तुत गरेको बजेटमा मेयरसँगको सहकार्यको संकेत देखिएको छ, जसले नेतृत्वभित्र नयाँ समीकरणको संकेत दिएको छ।

महानगरभित्रको आन्तरिक द्वन्द्वले आगामी दिनमा सेवा प्रवाहमा असर पार्न सक्ने चिन्ता नागरिकहरूमा देखिएको छ। अब प्रस्तुत कार्यक्रम र बजेट कार्यान्वयन कसरी अघि बढ्छ भन्ने विषयमा आम चासो बढ्दो छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका