Saturday, July 18, 2026
Homeसामाचारशिक्षामन्त्री पोखरेलद्वारा चेपाङ बस्तीको आवासीय विद्यालय अनुगमन, गुणस्तरीय शिक्षामा सरकारको जोड

शिक्षामन्त्री पोखरेलद्वारा चेपाङ बस्तीको आवासीय विद्यालय अनुगमन, गुणस्तरीय शिक्षामा सरकारको जोड

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गरेका छन्। चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे उनले स्थलगत जानकारी लिएका हुन्।

अनुगमनका क्रममा मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा अभिभावकसँग छलफल गर्दै विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकता सम्बन्धी जानकारी लिए।

छलफलमा सहभागी शिक्षक, कर्मचारी र अभिभावकहरूले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, शैक्षिक स्रोत–साधनको व्यवस्थापन तथा स्थानीय तहमा देखिएका विभिन्न समस्याको समाधानका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका थिए।

अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनले यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न शिक्षा मन्त्रालय आवश्यक पहल र सहयोग गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका