१७ वैशाख, काठमाडौं । काठमाडौं । कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या बढेसँगै पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा जलाउन लगिने शवको संख्या बढेको छ ।
उक्त शवदाह गृहमा बिहीबार २५ वटा शव जलाइएको छ । यो दोस्रो लहरको कोरोना भाइरसको महामारी सुरु भएपछिको सबैभन्दा धेरै हो ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार गत वर्ष एकै दिनमा ४५ वटासम्म शव विद्युतीय शव दाहगृहमा जलाइएको थियो ।
तर वैशाख १ गतेदेखि फेरि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको खतिवडाले जानकारी दिए । कोरोना महामारीबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । शवलाई अस्पतालबाट शवदाह गृहसम्म लैजाने र त्यहाँ व्यवस्थापन गर्नेसम्मको काम नेपाली सेनाले गर्छ ।