Saturday, July 25, 2026
Homeविचित्र संसारशरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान

शरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान

इरानका एक व्यक्तिले आफ्नो शरीरमा एकसाथ ८५ वटा चम्चा अड्याएर अनौठो विश्व किर्तिमान कायम गरेका छन् ।

इरानको अकराजमा बस्ने ५० वर्षका एबोलफाजल मोख्तारीले यस्तो अनौठो किर्तिमानसँगै गिनिज बुकमा नाम लेखाएका हुन् ।

मोख्तारीका अनुसार उनले बच्चादेखि नै आफ्नो शरीरमा चम्चा अड्याउने अभ्यास गर्दै आएका थिए ।

आफूले बच्चैदेखि आफूमा यो क्षमता देखेको र धेरै वर्षको अभ्यास र कडा मेहेनतबाट क्षमतामा वृद्धि गर्दै विश्व किर्तिमान कायम गरेको उनले बताएका छन् ।

आफुले जुनसुकै चिज पनि आफ्नो शरीर सन्तुलनमा अड्याउन सक्ने उनी बताउँछन्। समतल सतह भएका प्लास्टिक, गिलास, फलफूल, ढुंगा, काठदेखि बच्चासमेत उनले जिउमा टाँसेर अड्याउन सक्दछन् ।

स्मरण रहोस् यसअघि शरीरमा सबैभन्दा धेरै चम्चा अड्याउने कार्यको किर्तिमान स्पेनको मार्कोस रुइज सेबालोसको नाममा थियो । उनले जिमा ६४ वटा चम्चा अड्याएका थिए । तर मोख्तारीले उनको ६४ चम्चाको किर्तिमान भंग गर्ने क्रममा आफ्नो जिउमा ८५ चम्चा अड्याइदिएका छन् । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका