Sunday, November 8, 2026
Homeसामाचारवैकल्पिक उपायबाट द्रूतमार्ग सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री ओली

वैकल्पिक उपायबाट द्रूतमार्ग सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेश द्रूतमार्गलाई वैकल्पिक उपायबाट भए पनि छिटो सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले द्रूतमार्गले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले निर्माणमा देखा परेका अवरोधहरू हटाएर काम अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत खोकना–डुकुछाप खण्डको निर्माणमा देखिएको समस्याबारे हिजो राति गहन छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार खोकना क्षेत्रको निर्माण सम्पन्न हुनासाथ द्रूतमार्ग सीधै तराईसँग जोडिने भएकाले विकल्प खोजेर काम अघि बढाउनुपर्ने छ।

‘हामीसँग धेरै समय छैन,’ उनले लेखेका छन्, ‘त्यसैले उपयुक्त विकल्प पहिल्याउन मैले सम्बन्धित मन्त्रालय र नेपाली सेनालाई आग्रह गरिसकेको छु।’

प्रधानमन्त्रीले द्रूतमार्गलाई मुलुकको रणनैतिक महत्वको आयोजना भन्दै नेपाली सेनाले जिम्मा लिएको निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका