Tuesday, August 11, 2026
Homeराजनीतिविशेष भेलामा सहभागी हुँदै डा. शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

विशेष भेलामा सहभागी हुँदै डा. शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्।

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार उनले भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कांग्रेसभित्र पछिल्लो समय पार्टीको वैधानिकता, नेतृत्व तथा आन्तरिक संरचनालाई लिएर विभिन्न बहस भइरहेका बेला उक्त विशेष भेला आयोजना हुन लागेको हो।

भेलालाई लिएर पार्टी विभाजनको उद्देश्य रहेको भन्ने आशङ्कालाई भने थपलियाले अस्वीकार गरेका छन्। उनका अनुसार भेला कुनै पनि हालतमा पार्टी विभाजनका लागि आयोजना गरिएको होइन।

उनले भने, “यो भेला पार्टी विभाजन गर्नका लागि आयोजना गरिएको होइन। डा. शेखर कोइरालाले उद्घाटन समारोहमा सहभागी भएर पार्टी एकताकै लागि विशेष आह्वान गर्नुहुनेछ।”

पार्टीभित्र देखिएका कानुनी तथा नीतिगत जटिलतालाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै नेपाली कांग्रेसलाई थप सशक्त र एकताबद्ध बनाउनुपर्ने धारणा डा. कोइरालाले राख्दै आएका छन्।

आगामी भेलामा पनि उनले पार्टीभित्रको एकता, सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्दै धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका