Saturday, June 27, 2026
Homeसामाचारविपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन

विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग टेलिफोन संवाद गर्दै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्पन्न भएको यस संवादमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका थिए। जवाफमा, राष्ट्रपति इर्डोगनले यस विषयलाई गम्भीर चासोका साथ लिने र आवश्यक कदम चाल्ने आश्वासन दिएका साथै विपिनको परिवार र नेपाली समाजलाई सोसम्बन्धी जानकारी दिन आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीले यसअघि, सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणको क्रममा बन्धक बनाइएका जोशीको रिहाइका लागि फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग पनि टेलिफोन संवाद गरेका थिए।

संवादका क्रममा राष्ट्रपति इर्डोगनले आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे पनि स्मरण गराएका थिए।

त्यस अतिरिक्त, दुबै देशबीचको आर्थिक, विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार र परस्पर सम्बन्धलाई थप बल पुर्‍याउने विषयमा पनि कुराकानी भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका