काठमाडौँ, १९ असोज। गृह मन्त्रालयले विपद् जोखिम व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई नियमित सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईद्वारा आज जारी गरिएको सूचनामा विपद् जोखिम र प्रतिकार्य कार्यमा संलग्न नभएका जिल्लाहरूलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरिएको उल्लेख छ।
यही असोज १७ गतेदेखि जारी लगातार वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन्। ती जिल्लामा हाल विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका कार्यहरू सञ्चालन भइरहेका मन्त्रालयले जनाएको छ।


