Wednesday, September 16, 2026
Homeसामाचारविपद्पछि उद्धार र पुनःस्थापनालाई प्राथमिकता दिँदै ऊर्जामन्त्री श्रेष्ठले कोरिया भ्रमण रद्द गरे

विपद्पछि उद्धार र पुनःस्थापनालाई प्राथमिकता दिँदै ऊर्जामन्त्री श्रेष्ठले कोरिया भ्रमण रद्द गरे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्। देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिपछि उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्ति नियमित बनाउने कामलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले भ्रमण रद्द गरेका हुन्।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु रहेको जनाइएको छ।

त्यस्तै, क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो।

उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो।

तर, देशमा उत्पन्न विपद्का कारण ऊर्जा क्षेत्रको क्षति व्यवस्थापन तथा विद्युत् आपूर्ति पुनःस्थापनाको कामलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले भ्रमण रद्द गरेका हुन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका