Wednesday, February 12, 2025
Homeमुख्य समाचारविद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सिफारिस

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सिफारिस

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थाहरुमा कडाइका साथ मापदण्ड लागु गर्न र नमानेमा बन्द नै गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विद्यालयमा पनि हरेक कक्षामा २५ जना भन्दा बढी नराख्न र भौतिक दुरी कायम राखेर मात्रै कक्षा सञ्चालन गर्न र गराउन सीसीएमसीलाई सिफारिस गरेको हो ।

यदि यी मापदण्ड पालना हुन सकेनन् भने शैक्षिक संस्था नै बन्द गराउन सिफारिस गरिएको प्रवक्ता डा। गौतमले बताए । पछिल्लो समय कोरोना भाइरसको संक्रमण शैक्षिक संस्थाहरुमा पनि बढ्दै गएको देखिएको छ ।

धेरैजसो संक्रमित हुनेमा विद्यार्थी, शिक्षक र शैक्षिक संस्थामा आबद्ध कर्मचारीहरु रहेका छन् । यस कारण शैक्षिक संस्थाहरुमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुन नसके बन्द गर्नका लागि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका हो ।

मन्त्रालयले अघि सारेको सिफारिस सीसीएमसीको बैठकले छलफल गर्ने छ र सोही अनुसार निर्णय गर्नेछ । शैक्षिक संस्था बन्द गर्न सीसीएमसीले निर्णय गरेर मन्त्रीपरिषद्मा पठाउने छ र त्यहाँबाट पास भएमा अनि कार्यान्वयन हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले शैक्षिक संस्थाहरु बन्द गर्नेबारे मन्त्रालयमा भने बहस नभएको बताए । प्रत्येक शैक्षिक संस्थामा कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गर्न भनिएको तर, बन्द नै गर्नका लागि भने अहिलेसम्म छलफल नभएको उनले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका