काठमाडौँ । नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज काठमाडौँसहित देशका विभिन्न स्थानमा निजी विद्यालयहरू बन्द भएका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने, र शिक्षामा भइरहेको निजीकरण अन्त्य गर्नुपर्ने माग राख्दै आज एक दिनको आम शैक्षिक हडताल आह्वान गरेको हो।
हडतालको जानकारीसँगै काठमाडौँका धेरै निजी विद्यालयहरूले बिहीबार बेलुका नै अभिभावकहरूलाई शुक्रवार विद्यालय बन्द हुने सूचना पठाएका थिए।


