Sunday, April 26, 2026
Homeशिक्षालोकस–२०२१ ले सुरु गर्‍यो भर्चुअल रुपमा क्वान्टम कम्प्युटिङ वर्कशप

लोकस–२०२१ ले सुरु गर्‍यो भर्चुअल रुपमा क्वान्टम कम्प्युटिङ वर्कशप

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा १८ औँ नेशनल टेक्नोलोजिकल फेस्टिभल सञ्चालन भइरहेको छ । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विभागका विद्यार्थीहरुको संयुक्त पहलमा सञ्चालमा ल्याएको संस्था लोकसको आयोजनामा उक्त फेस्टिभल भइरहेको छ ।

उक्त फेस्टिभलमा क्वान्टम कम्प्युटिङको वर्कसप सञ्चालन भइरहेको छ । वर्कसप ७ दिनसम्म सञ्चालन हुनेछ । वर्कसपमा डाटा साइन्टिस्ट र रिसर्च साइन्टिस्टले प्रशिक्षण दिने छन् ।

उक्त प्रशिक्षण अमेरिकामा रहेको एसोसियसन अफ नेपाली फिजिसिस्ट (एएनपिए) सँग सहकार्य गरेर लोकसले प्रशिक्षण गर्नेछ । भने, यो प्रशिक्षणका लागि नेपाल फिजिकल सोसाइटी र क्वान्टम​ एनालाइटिक्सले सहयोग रहेको लोकसका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श बोहराले बताए ।

प्रशिक्षणमा क्वान्टम​ कम्प्युटिङ, क्युबिट, मल्टि क्युबिट सिस्टम, सुपोर्पोजिसन र इन्ट्याङ्लेमेन्ट क्वान्टम ​ एल्गोरिथम्स्, एड्भान्स क्वान्टिम एल्गोरिथम्स् आदि सिकाइनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका