Sunday, April 12, 2026
Homeमुख्य समाचारलेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका ४ मुख्य निर्णय सार्वजनिक

लेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका ४ मुख्य निर्णय सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णय सार्वजनिक गरिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल लाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गरेका ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै, बैठकले सरकारको शासकीय सुधारका लागि तयार पारिएको ‘१०० कार्यसूची’ स्वीकृत गरेको छ। उक्त कार्यसूची भोलिसम्म सार्वजनिक गरिने जनाइएको छ।

यसैगरी, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगले पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

आयोगले सिफारिस गरेका सुरक्षा संयन्त्रसम्बन्धी विषयमा अध्ययन समिति गठन गरी सोही समितिको सिफारिसअनुसार अघि बढिने बताइएको छ। अन्य सिफारिसहरू भने सम्बन्धित निकाय (गृह मन्त्रालय लगायत) मार्फत तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका