Saturday, November 8, 2025
Homeसामाचारनेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै

नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै

लुम्बिनी — अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरुलाई नेपाल एयरलायन्सले आज चार्टर उडानमार्फत काठमाडौं ल्याउँदैछ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार, नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौं उड्ने तयारीमा छ। यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन्।

त्यसैगरी, बेलहिया र बुटवलमा पनि केही यात्रु अलपत्र परेका छन्। डा. पाण्डेले भने, “सडक अवरुद्ध छ र हवाई टिकट पाउन कठिन छ। यस्तो विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलायन्सको चार्टर फ्लाइट उडाउन थालेका हौँ। यसबाट काठमाडौँ जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौँ।”

चार्टर फ्लाइटको व्यवस्थाका लागि एयरलायन्सका प्रतिनिधि अरुण पन्थीसँग सम्पर्क गर्न सकिने बताइएको छ। विपद्को समयमा सर्वसाधारण जनतालाई सहज सेवा दिने उद्देश्यले नेपाल एयरलायन्सले भैरहवा–काठमाडौं मार्गमा चार्टर उडान सञ्चालन थालेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका