Monday, August 24, 2026
Homeराजनीतिलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध : मन्त्री चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

थारू कल्याणकारिणी सभाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोजिनुपर्ने बताइन्।

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष ‘टीकापुर विद्रोह, आन्दोलनका माग, मुद्दा एवं अबको निकास’ र ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायका साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारभित्रैबाट उठाउँदै आएको बताइन्। उनले थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता पनि व्यक्त गरिन्।

मन्त्री चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने बताउँदै थारू समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका