Sunday, November 8, 2026
Homeसामाचारललितपुरका केही क्षेत्रमा आज राति १२ बजेसम्म कफ्र्यू आदेश लागू

ललितपुरका केही क्षेत्रमा आज राति १२ बजेसम्म कफ्र्यू आदेश लागू

ललितपुर, २४ भदौ – ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजे देखि राति १२ बजेसम्म कफ्र्यू आदेश लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आदेश जारी गर्नुभएको हो।

कफ्र्यू आदेशअनुसार तोकिएका सीमाभित्र कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न पाउने छैनन्।

कफ्र्यू आदेश लागू भएका क्षेत्रहरू:

भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५): पूर्वमा भैँसेपाटी–बुङ्गमती सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्प मुनिको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म।

सानेपा क्षेत्र (वडा नं २): पूर्वमा सानेपा चोक–इन्द्रायणी मन्दिर पक्की सडक, पश्चिममा बल्खु पुल–मनमोहन पार्क बागमती करिडोर सडक, उत्तरमा बल्खु पुल–सानेपा चोक चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिर–बागमती करिडोर पक्की सडकसम्म।

च्यासल क्षेत्र (वडा नं ९): पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म।

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति–सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि रोक्न कफ्र्यू आदेश जारी गरिएको जनाउनुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका