Sunday, November 8, 2026
Homeसामाचाररौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर (रौतहट), २७ भदौ। जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आज बिहान सूचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागु हुने र साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुने जानकारी दिए। अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्म समय तोकिएको छ।

निषेधाज्ञा वा कर्फ्यूको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर–पर्चा टाँस्ने वा लेख्ने कार्य, शान्ति–व्यवस्थामा असर पार्ने कुनै पनि गतिविधि तथा पाँच जनाभन्दा बढी व्यक्तिको भेला पूर्णरूपमा निषेध गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका