Saturday, January 18, 2025
Homeसामाचाररौतहटका आगलागी पीडितलाई पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा राहत वितरण

रौतहटका आगलागी पीडितलाई पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा राहत वितरण

चन्द्रपुर (रौतहट): नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगलागीपीडितहरूलाई राहत वितरण गर्नुभएको छ ।

रौतहट क्षेत्र नं १ का सांसदसमेत रहनुभएका अध्यक्ष नेपालले राजदेवी–५ पतही गाउँका आगलागीपीडितलाई राहत प्रदान गर्नुभएको हो । राहत हस्तान्तरण गर्दै अध्यक्ष नेपालले आगलागीपीडित परिवारको सुरक्षित आवास निर्माण गर्न जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले आगलागीपीडितलाई भेटेर तत्काल घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता
जनाउनुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न परिवारको घर निर्माण तथा जमिन उपलब्ध गराइदिन अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले पीडित परिवारलाई खाद्यान्न, त्रिपाल, कम्बलसहितका सामान हस्तान्तरण गर्नुभयो । गत सोमबार राजदेवी नगरपालिका–५ पताहीटोलमा स्थानीय जगरनाथ पासवानको घरमा जाडो छल्न बालेको घुरबाट आगो सल्किँदा उक्त गाउँका सात घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट राजदेवी–५ पताहीका जगरनाथ पासवान, राम सोगारथ पासवान, बाबुलाल पासवान, दीपेन्द्र पासवान, विजय पासवान, शिवचन्द्र पासवान र रामनाथ पासवानको घर तथा घरभित्र रहेका लत्ताकपडा र सामान पूर्ण रूपमा जलेर नष्ट भएका थिऐ ।

राहत हस्तान्तरण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कल्याणी खड्का, मधेस प्रदेससभा सदस्य कनिस पटेल, पार्टीका रौतहट अध्यक्ष कमल यादव, राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादव, बौधिमाई नगरपालिकाका प्रमुख प्रदीप यादव लगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका