काठमाडौं। रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३:०७ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का रोल्पासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको छ। सम्बन्धित निकायले अवस्थाबारे निगरानी जारी राखेको जनाएको छ।


