काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । गोरखा घर भएका रफिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
१ सेट (६ पिस) रेम्डिसिभर १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको हो । त्रिवि शिक्षण अस्पताल अगाडि रहेको सेवक फर्माका दिपक ढकालसँग मिलेर रेम्डिसिभिर तोकिएको भन्दा धेरै मूल्यमा बेचेको रफिकले प्रहरीलाई बताएका छन् । उनीबारे अनुसन्धान भइरहेको एसएसपी खापुङले रातोपाटीलाई बताए ।
सो रेम्डिसिभिरको बजार मूल्य ३० हजार छ । मियाँलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि बिहिबार विभिन्न अस्पतालमा कालोबजारीबारे छड्के जाँच गरेको छ ।
रातोपाटीबाट साभार