Monday, May 4, 2026
Homeमनोरन्जनरेडियम ब्यान्डका गायकलाई ‘ब्लड क्यान्सर’, सहयोगको अपिल

रेडियम ब्यान्डका गायकलाई ‘ब्लड क्यान्सर’, सहयोगको अपिल

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीलाई ब्लड क्यान्सर भएको छ ।

दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित बी एण्ड सी पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो ।  बी एण्ड सी अस्पालतले पनि काठमाडौं रेफर गरेपछि हाल उनको काठमाडौंमा उपचार भइरहेको छ ।

उनी हाल आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइन्छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकारले अपिल गरेका छन् ।

द स्याडोज नेपालका गायक स्वप्निल शर्माले पनि उनलाई सहयोग गरिदिन याचना गरेका छन् ।

उनले लेखेका छन्, ‘राजू पूर्वी नेपालका निकै राम्रा भोकलिस्ट हुन् । निकै सहयोगी भाइ र असाध्यै राम्रा व्यक्ति आज आइसीयूमा छन् र उनलाई हाम्रो सहयोगको खाँचो छ । उनलाई ब्लड क्यान्सर भएको छ । ’

‘हामी सबै एकजुट होऔं र उनलाई सहयोग गरौं,’ उनले लेखेका छन् ।

साथै, श्री ३ ब्यान्डका गायक तथा गितारिस्ट शरद श्रेष्ठले पनि उनलाई सहयोग गर्न फेसबुकमा पोस्ट गरेका छन् ।

यस्तै, एएसएम ब्यान्डका गायक अभिषेक शंकर मिश्राले पनि राजुलाई सहयोग गरिदिन सबैमाझ आग्रह गरेका छन् ।

सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंकको बिर्तामोड झापाको शाखाको अकाउन्ट नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्नेछन् । रातोपाटीबाट

A/C Name – Raju chaudhary

A/C Number – 0110751802205001

Branch- birtamode ,jhapa

Bank name – Sunrise bank birtamode

E-sewa name – Raju chaudhary

E – sewa number – 9817935733

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका