Friday, April 24, 2026
Homeअन्तराष्ट्रियरुसी पनडुब्बी डुबाएको युक्रेनको दाबी

रुसी पनडुब्बी डुबाएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनी सेनाले रुसको कब्जामा रहेको क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ ।

युक्रेनका जनरल स्टाफले एक विज्ञप्ति जारी गरी २०१४ मा लन्च गरिएको रुसको किलो क्लास युद्ध पनडुब्बी रोस्तोभ-अन-डोन शुक्रबार क्षेप्यास्त्र आक्रमणबाट डुबेको बताएको छ।

रुसी पनडुब्बी रोस्तोभ-अन-डोनमा शुक्रबार बन्दरगाह सहर सेभास्टोपोलमा यो हमला गरिएको थियो।

यो पनडुब्बी रुसको ब्ल्याक सीमा सञ्चालनमा रहेका चार पनडुब्बीमध्ये एक हो । कालो सागरमा रुसद्वारा संचालित फ्लीट क्यालिबर क्रुज मिसाइल प्रहार गर्न सक्षम छ।

रुसको रक्षा मन्त्रालयले युक्रेनको यो दाबीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

युक्रेनी अधिकारीहरुका अनुसार यस हमलामा रुसले गैरकानुनी रुपमा कब्जा गरेको क्षेत्रको सुरक्षा गर्दै आएका चार एस-४०० वायु रक्षा प्रणाली पनि ध्वस्त पारिएको छ ।

युक्रेनी जनरल स्टाफले एक विज्ञप्तिमा भने “रोस्तोभ-अन-डोनको विनाशले एक पटक फेरि प्रमाणित गर्‍यो कि युक्रेनको नियन्त्रित ब्ल्याक सी क्षेत्रमा रूसी बेडाका लागि कुनै सुरक्षित स्थान छैन।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका