Sunday, May 3, 2026
Homeराजनीतिरास्वपा सचिवालय बैठक आज: उम्मेदवार छनोट र विधान संशोधनमा छलफल

रास्वपा सचिवालय बैठक आज: उम्मेदवार छनोट र विधान संशोधनमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन्। बैठक आज बिहान १२ः३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने भएको हो।

बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा विस्तृत छलफल गरिनेछ। साथै, महाधिवेशन कार्यविधि २०८३, संसदीय दलको विधान संशोधन तथा अन्य समसामयिक विषयहरूमा पनि छलफल हुने जनाइएको छ।

पार्टी संगठन सुदृढीकरण र आगामी निर्वाचन तयारीलाई केन्द्रमा राखेर बैठक बोलाइएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका