Sunday, April 19, 2026
Homeराजनीतिरास्वपाको सचिवालय बैठक आज, संगठन विस्तारदेखि महाधिवेशन तयारीसम्म ६ एजेन्डामा छलफल

रास्वपाको सचिवालय बैठक आज, संगठन विस्तारदेखि महाधिवेशन तयारीसम्म ६ एजेन्डामा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (आइतबार) बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा हुने बैठकका लागि ६ वटा प्रमुख एजेन्डा तय गरिएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।

पार्टी सभापति रवि लामिछानेले आह्वान गरेको उक्त बैठकमा सांगठनिक विस्तार, महाधिवेशनको तयारीलगायत विषयमा विस्तृत छलफल हुने बताइएको छ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, पार्टीको आर्थिक पारदर्शिता सुनिश्चित गर्न बैंक खाता सञ्चालन, तथा संगठनलाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा मनोनयन गर्ने विषयमा निर्णय गरिनेछ।

यसपटक रास्वपाले नयाँ अभ्यासका रूपमा ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई पनि बैठकको मुख्य एजेन्डामा समेटेको छ। साथै, सांसदहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँटसम्बन्धी विषयमा पनि बैठकले निर्णय गर्ने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका