Monday, September 21, 2026
Homeराजनीतिराष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

काठमाडौं । ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि सदनमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकले बालबालिकाको अधिकार, मानसिक तथा शारीरिक अवस्था र हितलाई प्राथमिकतामा राखेको बताइन्।

विधेयकमा विद्यार्थी अध्ययनरत विद्यालय तथा सेवा दलका शिक्षालयमा तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको छ। तालिम पूरा गरेका विद्यार्थीलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र पर्यावरण संरक्षणलगायतका क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै, राष्ट्रिय आवश्यकताका आधारमा सरकारले आवश्यक ठानेमा जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत राष्ट्रिय सेवा दलले तालिम दिन र राष्ट्र सेवामा परिचालन गर्न सक्ने प्रावधान राखिएको छ। दूरदराज तथा विकट क्षेत्रका विद्यार्थीलाई तालिममा प्राथमिकता दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक असोज ६ गते दिउँसो १ बजे बस्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका