Saturday, November 7, 2026
Homeसामाचारराष्ट्रिय सभामा अध्यागमन ऐन र प्रत्यायोजित विधायनको गहिरो समीक्षा हुँदै

राष्ट्रिय सभामा अध्यागमन ऐन र प्रत्यायोजित विधायनको गहिरो समीक्षा हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमनसम्बन्धी कानुन तथा त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनको समीक्षा गर्ने भएको छ।

समितिको बुधबार बस्ने ३११ औं बैठकमा अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत जारी गरिएका प्रत्यायोजित विधायनबारे तयार पारिएको अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ। समितिले अध्यागमन प्रणालीको अवस्था, कानुनी स्पष्टता र कार्यान्वयनको प्रभावकारिताबारे गहिरो समीक्षा गर्ने अपेक्षा गरिएको छ।

बैठक बिहान ११ः१५ बजे संघीय संसद सचिवालयस्थित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठ घर नं. ४) मा बस्नेछ। छलफलमा संविधान सभा सदस्य खिमलाल देवकोटालाई आमन्त्रित गरिएको छ।

समितिले अध्ययन प्रतिवेदनका निष्कर्षका आधारमा आवश्यक सुधारका विषयमा सुझाव तयार गर्ने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका