Saturday, November 7, 2026
Homeसामाचारराष्ट्रिय सभाअन्तर्गत आज दुई संसदीय समितिको बैठक

राष्ट्रिय सभाअन्तर्गत आज दुई संसदीय समितिको बैठक

काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत आज दुईवटा समितिको बैठक बस्ने भएको छ। आज बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० बजे बस्ने तय भएको छ। उक्त बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथि छलफल गरिने कार्यसूची रहेको छ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १०:१५ बजे बस्नेछ। बैठकमा नालापानी युद्धमा सुवेदार श्री दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गरिनेछ। उक्त छलफलका लागि राष्ट्रिय सभाका उपाध्यक्ष, विधायन व्यवस्थापन समितिका सभापति तथा इतिहासविद् प्रा.डा. श्रीरामप्रसाद उपाध्यायलाई आमन्त्रण गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका