Monday, May 4, 2026
Homeमनोरन्जनराष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ ।

यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो । टुँडिखेलमा आयोजनमा भएको महोत्सवको अवलोकन पाँंच लाख दर्शकले गरेका थिए ।

यो पटकको महोत्सवमा दश लाख बढी दर्शकले अवलोकन अपेक्षा आयोजकको रहेको थियो । आगामी चैत्र दोश्रो साता टुँडिखेलमै आयोजना हुने महोत्सवमा दर्शकले निशुल्क प्रवेश पाउने आयोजकले कमिटीका सदस्य श्याम धितालले बताए । विभिन्न सम्मान सहितको साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारको समेत सहभागिता रहनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका