काठमाडौँ । राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो तथ्याङ्क मङ्सिर १ गते राति ९:३० बजेसम्मको हो।
तीमध्ये पुरुष १ लाख १५ हजार ००७, महिला १ लाख २७ हजार ०६९ र अन्य ९ जना रहेका छन्।
त्यसबाहेक, निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्समार्फत ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन्। आयोगका अनुसार यो तथ्याङ्क नयाँ मतदाता नामावली सङ्कलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको हो।
आयोगले नामावली दर्ता मङ्सिर ५ गतेसम्म खुला रहने जनाएको छ। राष्ट्रिय परिचयपत्र नम्बर भएका व्यक्तिले अनलाइनमार्फत नै सहज रूपमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।


