काठमाडौं:राजसंस्था पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म प्रदर्शन गरेको छ। प्रदर्शन दिउँसो १२ बजेपछि माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वरसम्म जारी भएको हो।
प्रदर्शनका क्रममा राप्रपाका कार्यकर्ताहरूले बानेश्वर र भद्रकाली क्षेत्रस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। यसअघि, चैत २५ गते बल्खुमा राप्रपाले शान्तिपूर्ण जनप्रदर्शन आयोजना गरेको थियो। सो प्रदर्शन अपेक्षाअनुसार प्रभावकारी नहुँदा पनि पार्टीले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।
निषेधित क्षेत्र तोड्ने तयारीसँगै सरकारले सैह्य नहुने चेतावनी दिइसकेको छ। तर अध्यक्ष राजेन्द्र लिङ्देनले भने शान्तिपूर्ण र प्रतीकात्मक प्रदर्शन गर्न लागिएको बताउँदै बोल्न र हिँड्न समेत सीमा तोक्ने सरकारी रवैयाविरुद्ध आफूहरू उभिएको स्पष्ट पारेका छन्।
प्रदर्शनपूर्व राप्रपाका नेताहरूले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा भेट गरेका थिए।