Saturday, September 19, 2026
Homeखेलकुदजापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा, मार्टिनेली बने जितका नायक

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा, मार्टिनेली बने जितका नायक

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार राति भएको खेलमा ब्राजिलले जापानलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ।

खेलको २९औँ मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

ब्राजिलका लागि ५६औँ मिनेटमा कासेमिरोले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसपछि गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को महत्त्वपूर्ण जित दिलाए।

यस जितसँगै पाँचपटकको विश्व च्याम्पियन ब्राजिल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। अब ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि आइभरी कोस्ट र नर्वेबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका