काठमाडौं । मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि गृहमन्त्री ओमप्रकाश अर्याल को नाम सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेल ले त्यसलाई अनुमोदन गरेका छैनन्।
राष्ट्रपतिले संविधानको धारा ८७ (ङ) विपरीत सिफारिस भएको, नयाँ सरकार गठनको अन्तिम समयमा सिफारिस गरिएको तथा उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको जस्ता कारण देखाउँदै मनोनयन रोकेको जनाइएको छ।
चैत १ गते बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि आवश्यक प्रक्रियागत कार्य पूरा गरी सिफारिस राष्ट्रपति कार्यालयमा पठाइएको थियो।
यस विषयमा विभिन्न राजनीतिक र प्रशासनिक तहमा छलफल र चासो बढेको छ। राष्ट्रपतिको निर्णयसँग सम्बन्धित कारणहरूबारे विभिन्न कोणबाट चर्चा भइरहे पनि आधिकारिक रूपमा सार्वजनिक गरिएका कारणहरू भने संवैधानिक र प्रक्रियागत पक्षसँग सम्बन्धित रहेका छन्।
सरकारको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।


