काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेर ३९ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शितल निवासमा बहिनीहरू शारदा र चन्दाबाट टीका ग्रहण गरेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । समितिका अनुसार साइत तय गरिए पनि दिनभर टीका लगाउन सकिने व्यवस्था रहेको छ ।
यमपञ्चकको अन्तिम दिन आज देशभर दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका, माला र मिठाई अर्पण गर्दै भाइटीका पर्व उल्लासपूर्वक मनाइँदैछ ।


