काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८२ का अवसरमा देशमा स्थायित्व, सुशासन र समृद्धि कायम होस् भन्ने कामना गर्नुभएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमीको पावन अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले भन्नुभयो, “सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। यस अवसरमा म समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि नवदुर्गा भवानीसँग प्रार्थना गर्दछु।”
उहाँले विजयादशमी २०८२ ले विश्वमा शान्ति र मानव जातिको कल्याण ल्याउने विश्वास पनि व्यक्त गर्नुभएको छ।


