Monday, February 17, 2025
HomeEnglishराप्रपाको संकल्प धर्म जोगाउनु हो: अध्यक्ष लिङ्देन

राप्रपाको संकल्प धर्म जोगाउनु हो: अध्यक्ष लिङ्देन

कञ्चनपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश र धर्म जोगाउने सङ्कल्प लिएर अगाडि बढेको बताउनुभएको छ ।
कञ्चनपुरको झलारीबजारमा कोणसभामा मन्तव्य राख्नुहुँदै उहाँले सनातन धर्म जोगाउन सबैको ऐक्यबद्धता, प्रतिबद्धताको आवश्यकता रहेको बताउनुभयो ।

“विसं २०४६ को राजनीतिक परिवर्तनपश्चात ३५ वर्षको समयमा प्रजातन्त्र, लोकतन्त्र जे भने पनि पार्टी तिनै छन्, नेता तिनै छन्”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “पालैपालो र एक्लाएक्लै सत्तामा पुगेर ती पार्टीहरूले देशलाई बर्बादीको बाटोमा लगेका छन् ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका