Saturday, June 27, 2026
Homeराजनीतिराजेन्द्र लिङ्देन नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाइने

राजेन्द्र लिङ्देन नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाइने

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजेन्द्र लिङ्देनको नेतृत्वमा राजावादी आन्दोलनलाई अघि बढाउने निर्णय गरेको छ।

मंगलबार सम्पन्न बैठकले राजसंस्था पुनर्स्थापनाका मुख्य उद्देश्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा नजाने र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो। यसअघि नवराज सुवेदीको नेतृत्वमा आन्दोलन अघि बढाउने उद्देश्यले समिति गठन गरिएको थियो, जसमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव थिए भने अध्यक्ष लिङ्देन सदस्य थिए।

तर उक्त समितिलाई अस्वीकार गर्दै राप्रपाले आफ्नै नेतृत्वमा नयाँ समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

‘राप्रपा राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ,’ पार्टीको निर्णयमा भनिएको छ, ‘राप्रपाको नेतृत्वमा हुने आन्दोलनका कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ।’

बैठकका निर्णयहरू

१. राप्रपाले राजसंस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ। साथै, राप्रपाको नेतृत्वमा हुने आन्दोलनका कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बस्नेछ, जसमा कार्यक्रमहरू तय गरिनेछ। राप्रपाले आन्दोलन र संगठनलाई समानान्तर रूपले अघि बढाउने र आन्दोलनको घोषणा पछि पार्टीका सबै गतिविधिहरू आन्दोलनमा केन्द्रित गर्ने निर्णय गरेको छ।

२. राप्रपाले देशको कठिन आर्थिक अवस्था, उच्च भ्रष्टाचार, र नागरिकहरूको निराशालाई चिर्नका लागि कांग्रेस-एमालेको संयुक्त सरकारलाई पूर्ण रूपमा असफल रहेको निष्कर्ष निकालेको छ। राप्रपाको मान्यता छ कि सरकार परिवर्तन मात्रले देशका समस्याहरू समाधान गर्न सक्दैन। प्रणालीगत सुधार अहिलेको प्रमुख आवश्यकता हो। यसका लागि राप्रपा निरन्तर उठाउँदै आएको ‘नवीन समझदारी’लाई उपयुक्त विकल्पको रूपमा प्रस्तुत गर्दै सबै राजनीतिक दललाई यसका लागि तयार रहन आह्वान गरेको छ।

३. राप्रपाले समान विचार भएका व्यक्तिहरू, समूहहरू र दलहरूसँग पारस्परिक एकता, संवाद र सहकार्यको पहल गर्ने निर्णय गरेको छ। यसका लागि राप्रपाले सम्बद्ध पक्षलाई हार्दिक आह्वान गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका