Monday, November 2, 2026
Homeसामाचाररसुवाको बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका, ७ बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा ३ पुरुषको शव फेला परेको छ। नुवाकोटमा ६ महिला र ७ पुरुष तथा धादिङमा १० महिला, १० पुरुष, १ बालिका र पहिचान नखुलेका ६ जनाको शव फेला परेको छ।

त्यसैगरी, गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव फेला परेको छ।

यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका