काठमाडौं। रूपन्देही जिल्ला अदालतले आफूमाथि लागेको ठगी मुद्दामा कारागार सजाय भुक्तान गर्न थुनामा पठाउने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालतमा रिट दर्ता गरेका छन्।
जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको निवेदन अस्वीकृत गरेको थियो। लामिछाने गत चैत २५ देखि बुटवल कारागारमा सुप्रिम सहकारी ठगी मुद्दामा हिरासतमा थिए।
उनको उच्च अदालतमा दर्ता भएको रिट निवेदन तुलसीपुरको बुटवल इजलासमा विचाराधीन छ। केही दिनअघि उनलाई रूपन्देही कारागारबाट काठमाडौंको नख्खु कारागारमा सारिएको छ।


