Thursday, March 20, 2025
Homeसामाचाररवि, छवि, जिबीसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

रवि, छवि, जिबीसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

काठमाडौं। कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण अदालत प्रवेश गरेको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन सञ्चालक छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार प्रतिवादीमा गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक रवि लामिछाने र छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्यहरू हेमन्त अधिकारी र रविना रिमाल, तथा पूर्वअध्यक्ष दीपक लामालगायत व्यक्तिहरू समावेश छन्।

यस्तै सविना आले मगर, भक्तबहादुर भोलन, सविता लामा, प्रदीप लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, र राजु बरालसमेत प्रतिवादी सूचीमा छन्।

पोखरामा हिरासतमा रहेका अभियुक्तहरू

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी कास्की जिल्ला अदालतमा थुनछेक बहस भइरहेका बेला काठमाडौंमा पनि मुद्दा दर्ता भएको हो।

कृपया तलको लिंक खोल्नुहोला।
रवि लामिछाने समेत…स्वर्णलक्ष्मी सहकारी_1736073087

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका