Saturday, November 8, 2025
Homeसामाचाररविको हिरासतको फोटो सार्वजनिक गर्ने निकोलस धरौटीमा छुटे

रविको हिरासतको फोटो सार्वजनिक गर्ने निकोलस धरौटीमा छुटे

पोखरा । विद्युतीय कारोबारसम्बन्धी ऐनको उल्लङ्घनमा पक्राउ परेका डा.निकोलस भुसाल धरौटीमा रिहा भएका छन्।

रवि लामिछानेको कास्की प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

घटनालगत्तै अदालतले उनलाई हिरासतमा राख्न इन्कार गरेको थियो। त्यसपछि हाजिर जमानीमा रिहा भएका भुसालविरुद्ध बिहीबार कास्की अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस भएको थियो।

दुई दिनसम्म चलेको बहसपछि न्यायाधीश शंकरबहादुर राईको इजलासले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले यसबारे जानकारी दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका