काठमाडौं । साउदी अरब सरकारले रमजान २०२६ को अवसरमा ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
नेपाल सरकारले उक्त निर्णयका लागि साउदी सरकारप्रति आभार व्यक्त गर्दै यसलाई दुई देशबीचको दीर्घकालीन मित्रता, सद्भाव र सौहार्दपूर्ण सम्बन्धको प्रतीकका रूपमा लिएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रियादस्थित नेपाली दूतावासमार्फत गरिएको अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीहरूलाई आममाफी प्रदान गरेको हो।
आममाफी पाएका ३३ जना नेपालीले साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कने मन्त्रालयले जनाएको छ।


