Wednesday, September 16, 2026
Homeसामाचाररनवे लाइट बिग्रिँदा त्रिभुवन विमानस्थलमा उडान ठप्प

रनवे लाइट बिग्रिँदा त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या उत्पन्न भएपछि शनिबार साँझ हवाई उडान प्रभावित भएको छ।

विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार रनवेमा रहेको एयरफिल्ड लाइटिङ प्रणाली बिग्रिएपछि विमान अवतरण सम्भव नभएको हो।

समस्याका कारण करिब पाँच वटा उडान होल्डमा राखिएका छन्। प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको जानकारी दिएका छन्।

शनिबार साँझ करिब ५ः३० बजेदेखि समस्या सुरु भएको हो। रनवे लाइटिङ प्रणाली राति रनवेलाई उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्र र छेउछाउका बत्तीहरू साथै एप्रोच लाइटहरू पर्दछन्।

हाल बिग्रिएको लाइटिङ प्रणाली मर्मतको काम भइरहेको र प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्म उडान र अवतरण असम्भव हुने विमानस्थलले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका