Saturday, November 7, 2026
Homeसामाचारयुवराज सफल भनिने युवराज पौडेल पक्राउ, विद्युतीय अपराधमा अनुसन्धान

युवराज सफल भनिने युवराज पौडेल पक्राउ, विद्युतीय अपराधमा अनुसन्धान

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पौडेललाई आज काठमाडौंबाट पक्राउ गरिएको हो।

महान्यायाधिवक्ता तथा महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालमार्फत तथ्यहीन आरोप लगाएको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि पौडेललाई आजै अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिनको म्याद लिइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार महान्यायाधिवक्ता कार्यालयले माघ ८ गते नै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेको आधारमा पक्राउ गरिएको हो। पौडेलविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका